Kath khabar
त्रिकोणात्मक टि२० सिरिजको पहिलो खेलमा नामिबिया र नेपाल भिड्दै


                     काठमाडौं, फागुन १५ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टि२० त्रिकोणात्मक सिरिज अन्तर्गत आजदेखि सुरु भएको पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा भर्खरै सुरु भएको खेलमा नेपालले टस हारेको छ ।

यसअघि भएको एकदिवसीय नेपाल भ्रमणमा रहेको नामिबियाले त्रिवि मैदानमा पछिल्लो चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो । यता नेपालले भने नामिबियासँग पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको हार बेहोरेको थियो ।

आइसीसी वरियतामा नेपाल १६औं स्थानमा रहेको छ भने नामिबिया ११औं स्थानमा र नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपालको टोलीमा कप्तान रोहित पौडेल सहित आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा रहेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update