Kath khabar
दाङ क्रिकेट लिग-२ : तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी


                    घोराही, फागुन १६ । घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’अन्तर्गत मंगलबार भएको खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।

दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको पहिलो खेलमा तुलसीपुर रोयल्सले दङ्गाली लायन्सलाई २७ रनले तथा अर्को खेलमा घोराही टाइगर्सले पुरन्धारा च्यालेन्जर्सलाई दुई विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । जवाफमा दङ्गाली लायन्सले सबै विकेट गुमाएर ९८ रन मात्रै बनायो ।

यस्तै, अर्को खेलमा टस जितेर ब्याटिङ गरेको पुरन्धाराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १७ रन बनायो । जवाफी ब्याटिङ गरेको घोराहीले १९ दशमलव चार ओभरमा आठ विकेट गुमाएर एक सय १८ रनको लक्ष्य पूरा गर्यो ।
 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update