Kath khabar
हालान्डको ५ गोल संगै म्यानचेष्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

 

                  काठमाडौं, फागुन १६ ।  एफए कप फुटबलमा म्यानचेष्टर सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई ६-२ ले हराउँदै सिटी अन्तिम ८ मा पुगेको हो ।

खेलमा एर्लिङ हालान्डले ५ गोल गरे । हालान्डले खेलको ३, १८, ४०, ५५ र ५८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै कोभासिकले १ गोल थपे । लुटन टाउनका जोर्डन क्लार्कले २ गोल गरेका थिए ।

गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्ल्याकबर्न रोभर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको छ । यस्तै लेस्टरसिटीले बर्नमाउथलाई १-० ले हराएको छ । लेस्टरसिटीका अब्दुल फटाओले गोल गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update