Kath khabar
त्रिकोणात्मक टी-२० आई सिरिज :  नामिबियाविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल


        काठमाडौं, फागुन १८ । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर नामिबियाले पहिले फिल्डिङ रोजेको हो ।
    
फाइनलमा पुग्नका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्सँग पराजित भएको थियो ।

आजको खेलमा नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । आज कुशल भुर्तेललाई विश्राम दिएर अनिल शाहलाई मौका दिईएको छ । आजको खेलमा नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई विश्राम दिएर अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख लाई मौका दिईएको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिहं ऐरी र गुल्सन झा छन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update