Kath khabar
नेदरल्यान्ड्सविरुद्धको फाइनलमा टस जितेर ब्याटिङ गर्दै नेपाल

 

                काठमाडौं, फागुन २२ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुनेछ । आजको खेलमा नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । यसअघि समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १–१ अङ्क बाँडेका थिए ।

नेपालको टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख,  कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख छन् भने बेञ्चमा ललित राजवंशी, सन्दीप जोरा, अनिल साह र विवेक यादव छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update