Kath khabar
नेप्से राताम्मै


                     काठमाडौं, फागुन २२ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको तेस्रो दिन कारोबार दिन आज मङ्गलबार भने ७० दशमलव ३१ अंकले घटेर दुई हजार सात दशमलव ६९ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९७ अंकले घटेर तीन सय ५७ दशमलव ३० अंकमा सिमित भएको छ।नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६९ हजार दुई सय आठ पटकको कारोबारमा एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौं सय ५८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र शेयर ट्रेडिङ समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने बोटलर्स नेपाल (तराई) लिमिटेड, मुलुङ हाइड्रो पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, शिवम् सिमेन्ट आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update