Kath khabar
शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मुर्ति निर्माण द्रुत गतिमा

          काठमाडौं, फागुन २४ । शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दिरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमुर्ती भएको स्थानमा पुगेका थिए । शिवरात्रीको सो अवसरमा १०८ फिट अल्लो मुर्ति भएको मन्दीर परिशरमा विशेष पुँजा–आजा समेत सम्पन्न गरिएको थियो ।  साथै औपचारिक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं क्षेत्रका सासंद दुर्लब थापा, विशिष्ट अतिथि प्रदेश सासंद सुरेश श्रेष्ठ, पुर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आर्कषक ब्यक्ति अन्र्तराष्ट्रिय गुरु स्वामि श्री १००८ सत्यदेब महाराजको समेत उपस्थीति रहेको थियो । प्रमुख अतिथि दुर्लभ थापाले एउटा सामान्य परिवारमा जन्मेर शिवतान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सह्रानिय काम गरेको बताए । उनले भने ‘ यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणले भक्तपुर चाँगुनारायणको मात्र होइन देशको पहिचानलाई नै उच्च राख्ने छ । दुई बर्ष भित्रै यहाँका सम्पुर्ण कामहरुलाई सक्नुपर्छ । धार्मिक पर्यटनको रुपमा यस ठाउँलाई विकास गनुपर्छ ।’

कार्यक्रमको अध्यक्षता गर्नु भएका मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले भक्तजनहरुलाई आशिरवचन समेत बक्स भएको थियो । उहाँले भन्नुभयो ‘हामी सबै नेपाली आमाका सन्तान हौं, हामी सबैको जिवन अत्यन्त छोटो छ । हामी सधै सत्यको मार्गमा हिँड्नु पर्छ । मनुष्य जिवन अत्यन्त महत्वपुर्ण छ । यो छोटो जिवनमा हामी सबैले परमार्थको काम गर्नुपर्छ ।’ उनी भन्छन ‘ मैले यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम जसरी पनि पुरा गर्ने अठोट लिएको छु । बरु एक छाक खान किन छोड्नु नपरोस् । तर पुरा गर्दछु ।’ सो काम गर्न अहिलेसम्म १४ करोड रुपैयाँ खर्च भएको समेत उहाँले बताउनु भयो ।

शिव पार्वती रथ यात्राको कार्यक्रममा स्वामी श्री १००८ सत्यदेब महाराजले समेत भक्तजनहरुलाई आशिरचन दिएर भक्तजनहरुलाई उत्साहित गर्नु भयो । उहाँले भन्नुभयो ‘ हाम्रो जिवन सधैँ आनन्दमय होस् कसैमा वैरभाव नहोस् । सारा संसार शान्तिमय होस् । नेपाल आमाको काँखमा धेरै शन्तहरु जन्मे तर बुद्धिकुमार गुरुको काम असाधारण छ । ’ कार्यक्रममा अतिथिका रुपमा राष्टिय गानका रचनाकार ब्याकुल माइला, चाँगुनारायण नगरपालिकाका ८ नं वडा अध्यक्ष जनक खत्री, पुर्व प्रदेशमन्त्री कृष्णलाल भडेल, बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाकार डिपि ढकालको समेत सहभागिता रहेको थियो । शान्तिको कामना गर्दै ६ वटा सेतो परेवा समेत सो अवसरमा उडाइएको थियो ।

मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले आफनो प्रस्तावना र उदेश्य अनुरुप मानव कल्याणका महत्वप्र्ण कार्य तथा धार्मिक प्रचार प्रशारमा लागिरहेको छ । धार्मिक कार्यलाई विज्ञानसँग र सेवासँग जोड्दै अघि बढीरहेको छ । गुरुको संरक्षकत्वमा प्रतिष्ठानले १०८ फिटको विश्वको सबैभन्दा ठुलो शिवमुर्ती बनाउँदैछ । ५४ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा शिव पार्वती मन्दीर २७ फिट नाग देबता, २७ धारा गोसाइकुण्ड, विष्णुकुण्ड, विधालय, पुस्तकालय, बाल आश्रम, वृद्धाश्रम, अतिथिगृह, भोजनालय, फनपार्क, गौमातागृह, प्रवेशद्धार जस्ता कार्यहरु गर्दैछ । यहाँ २६ ओटा परियोजना समावेश छन् । समग्र परियोजना सम्पन्न हुन १ अर्ब भन्दा बढी लागत लाग्ने अपेक्षा गरिएको छ । यो परियोजना सम्पन्न गर्नका लागि शिवतान्त्रिक गुरु, विभिन्न संघ सस्था, सरकारी निकाय तथा भक्तजनहरुको सहयोग लिइ अहोरात्र खटिरहनु भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update