Kath khabar
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज पहिलो खेल हङकङसँग खेल्दै

 

                 काठमाडौं, फागुन २७ । आजबाट सुरु हुने त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल हङकङसँग खेल्दैछ ।  खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार बिहान सबा ११ बजे सुरु हुनेछ ।

सिरिजमा आयोजक हङकङ, नेपाल र पपुवा न्यूगिनी सहभागी छन् । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज खेल्न लागेको हो । मैत्रीपूर्ण टी-२० क्रिकेटमा शनिबार भएको खेलमा नेपाल हङकङसँग  ७३ रनले पराजित भएको थियो।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन् भने दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई आज प्रशिक्षकले आराम दिएका छन् ।

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update