Kath khabar
फाइनलमा पपुवा न्युगिनीलेले दियो नेपाललाई १७२ रनको लक्ष्य

 

                 काठमाडौं, फागुन ३० । हङकङमा जारी टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले १७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा १७१ रन बनाएको हो ।

पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । पपुवा न्युगिनीका लागि टोनी उराले अर्धशतक प्रहार गरे । उनले ३७ बलमा ६१ रन बनाए ।

नेपालका लागि आकाश चन्द र कुशल भुर्तेलले ३/३ , करण केसी र गुल्सन झाले १/१ विकेट लिए । नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update