Kath khabar
लोकेश बमले शतक हान्दा पनि आयरल्याण्ड वुल्भ्ससँग पराजित भयो नेपाल 'ए'

                      काठमाडौं, चैत १६ ।  आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ‘ए’ पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' लाई २१ रनले पराजित गरेको हो । आयरल्याण्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९.३ ओभरमा २०१ रनमा अलआउट भयो ।

जित नजिक पुगेको नेपालले अन्तिम १२ रन जोड्दा ७ विकेट गुमाएको थियो । नेपालका लागि लोकेश बमले शतक र आरिफ शेखले ४९ रन बनाए पनि जित भने दिलाउन सकेनन् । १०६ रनमा आउट बम भए ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update