Kath khabar
आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’
तस्विर : क्यान


                 काठमाडौं, चैत २१ । आजबाट सुरु हुन लागेको तीन एक दिवसीय सिरिजको पहिलो अभ्यास खेल अन्तर्गत नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिला बलिङ गर्दैछ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् ।

यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले  २–१ खेलले प्रतियोगितामा कब्जा जमाएको थियो ।
 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update