Kath khabar
दिउँसोको समयमा मन्दिर नजानुको कारण के हो ?

 

                   काठमाडौं, चैत २५ । हिन्दु धर्ममा हरेक दिन मन्दिर जानु शुभ मानिन्छ । हरेक दिन मन्दिर जाँदा जीवनमा सकारात्मकता र सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

हरेक दिन मन्दिरमा गएर देवी देवताको दर्शन गर्नाले सौभाग्य प्राप्त हुने तथा देवी देवताको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ । तर, हिन्दू शास्त्रमा मन्दिर दर्शनका लागि विशेषतः बिहान र साँझ सबैभन्दा उपयुक्त समय मानिन्छ किन ? दिउँसो मन्दिर जान किन निषेध ? धर्मविदहरु बताउँछन्-

हिन्दु मान्यता अनुसार दिउँसो मन्दिरमा जानु ठीक होइन । दिउँसो भगवानको पूजा–आराधना गर्दा कुनै फल नलाग्ने जनविश्वास रहेको छ । धार्मिक ग्रन्थमा दिउँसो मन्दिर नजानुको तीन कारण उल्लेख गरिएको छ ।

पहिलो कारण दिउँसो हाम्रो शरीर आलस्यले भरिनु हो । हाम्रो दिमाग निद्रामा छ । यस्तो अवस्थामा भगवानको दर्शन र पूजा गर्नमा राम्ररी ध्यान दिन नसक्दा पूजाको फल प्राप्त हुँदैन, त्यसैले दिउँसो भगवानको दर्शन गर्नु उचित मानिदैन ।

हिन्दू धार्मिक शास्त्र अनुसार बिहान र साँझलाई मानव र पवित्र प्राणीको समय मानिन्छ भने दिउँसो र रातलाई भूत, पितृ र अतृप्त शक्तिको समय मानिन्छ । यस समयमा भगवानको दर्शन गर्न मन्दिरहरूमा अदृश्य शक्तिहरू रहन्छन्, ताकि उनीहरूले बन्धनबाट मुक्ति पाउन सकुन् । यस्तो अवस्थामा दिउँसो मन्दिर जानु उपयुक्त हुँदैन ।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update