Kath khabar
सुनको मूल्यमा नयाँ रेकर्ड कायमै


                        काठमाडौं, चैत २८ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ ।
 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update