Kath khabar
लगातार उकालो लागेको सुनको मूल्य आज घट्यो


                          काठमाडौं, चैत २९ । लगातार उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।
 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update