Kath khabar
प्रतितोला रु दुई हजार दुई सयले घट्यो सुनको मूल्य


                     काठमाडौं, वैशाख २ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ ।
 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update