Kath khabar
बढ्यो पेट्रोल डिजेलको भाउ

 

                     काठमाडौं, वैशाख ३ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।

नेपाल आयल निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रति लिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको निगमले जनाएको छ ।

petrol-price-1713197704.jpg

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update