Kath khabar
एसिसी प्रिमियर कप : युएई विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


                                   काठमाडौं, वैशाख ७ । एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए । नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।  आजै हुने अर्को सेमिफइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदैछ ।
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update