Kath khabar
मुसा कसरी बन्यो भगवान गणेशको वाहन ? यस्तौ छ पौराणिक कारण

 

                         काठमाडौं, वैशाख १९ । हरेक देवी देवताको आफ्नै सवारी हुन्छ । जसरी भगवान शिवको वाहन नन्दी गोरु हो, दुर्गा माताको वाहन सिंह हो, त्यसैगरी भगवान गणेशको वाहन मुसा हो । के तपाईलाई थाहा छ भगवान गणेशको वाहन मुसा कसरी बन्यो ?

पौराणिक कथा अनुसार इन्द्रदेवको दरबारमा क्रौंच नामका गन्धर्व थिए । उनको स्वभाव निकै रमाइलो गर्ने खालको थियो । एकचोटि उनले हाँस्दै ठट्टा गरिरहेका थिए जसले गर्दा दरबार बारम्बार अवरुद्ध भईरहेको थियो । हाँस्दै मजाक गर्ने क्रममा उनले ऋषि वामदेवमाथि पाइला राखे । यसबाट ऋषि क्रोधित भए र क्रौंचलाई मुसा बन्ने श्राप दिए। श्राप पाएपछि क्रौंच मुसा बने, मुसा बन्ने बित्तिकै उनी पराशर ऋषिको आश्रममा गएर लडे। त्यहाँ गएपछि पनि मुसाले ठुलो कहर मच्चाएको थियो । मुसाको त्रासबाट पराशर ऋषि विचलित भए र आफ्ना सबै समस्या भगवान गणेशलाई गएर सुनाए ।

यो सुनेर गणेशजीले मुसा समात्नको लागि जाल हाने । जालले पाताल लोकतिरका मुसालाई समातेर ल्यायो । जालले मुसालाई भगवान गणेशको अगाडि प्रस्तुत गर्ने बित्तिकै मुसा बेहोस भयो । यसपछि मुसालाई जब होश आयो, उसले भगवान गणेशको आराधाना गर्न थाल्यो र आफ्नो प्राणको भिख माग्न थाल्यो । यसपछि भगवान गणेशले दया गरेर मुसालाई आफ्नो वाहन बनाउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update