Kath khabar
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै


                         काठमाडौं, वैशाख १९ । घरेलु टोली नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध ट्स हारेर बलिङको निम्ता पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ट्समा वेस्टइन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले ट्स जितेर पहिला ब्याटिङ रोजेका छन् ।

पाँच खेलको श्रृङ्खला  १–१ को बराबरीमा रहेको  छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्टइन्डिजले १० रनको जित निकालेको थियो ।

नेपाली टोलीमा अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, विनोद भण्डारी, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम र सागर ढकाल छन् ।

त्यस्तै वेस्टइन्डिज ‘ए’ मा कप्तान रोस्टन चेजसहित एलिक अथान्जे, फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्लस, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स छन् ।
 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update