Kath khabar
अक्षय तृतीयाको दिन गर्नुहोस् यस्ता कार्य, वर्षभरी लक्ष्मीको कृपा रहनेछ

                 काठमाडौं, वैशाख २७ । अक्षय तृतीया पर्व वैशाख महिनाको तृतीया तिथिमा मनाइन्छ । यस दिनमा जुनसुकै काम गरे पुण्यमा कमी आउँदैन भन्ने ज्योतिष शास्त्रमा भनिएको छ ।

यसपटक अक्षय तृतीया भोली वैशाख २८ गते परेको छ । यस दिनमा केही कुरामा पनि विशेष ध्यान दिनुपर्छ । साथै यस दिन केही कुराको ख्याल गर्नाले व्यक्तिमा लक्ष्मीको कृपा वर्षभर रहन्छ । अक्षय तृतीयाको दिन गंगा वा समुद्र वा कुनै पवित्र नदीमा स्नान गर्नुपर्छ । यदि तपाई यसो गर्न सक्नुहुन्न भने घरमै गंगा जलमा मिसाएर स्नान गर्न सक्नुहुन्छ ।

यस दिन भगवान विष्णुका अवतार परशुरामको पूजा गरी पञ्चामृतले स्नान गर्नुपर्छ । यो दिन भगवान परशुरामको जन्म यस दिन भएको मानिन्छ । यसबाहेक अक्षय तृतीयाको दिन नरनारायणको पनि पूजा गर्नुपर्छ । नरनारायणलाई जौ वा गहुँको सातु चढाउनुपर्छ । यसका अलावा परशुरामजीलाई काँक्रो चढाउनुपर्छ।

दान गर्नुहोस्
यस दिन जौ, गहुँ, चना, सत्तु, उखुको रस, दूधबाट बनेको वस्तु, सुन, पानीले भारिएको भाँडा, अन्न, कपडा आदि दान गर्नुपर्छ । सम्भव भएमा यस दिन व्रत पनि गर्नुपर्छ । यसका साथै यस दिन ब्राह्मणहरू तथा  खाँचोमा परेका कसैलाई भोजन खुवाउनुपर्छ ।

अक्षय तृतीयाका दिन नगर्नुहोस् यी काम
अक्षय तृतीयाको दिन मासु र मदिरा सेवन गर्नु हुँदैन । यसो गर्ने व्यक्तिले आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ । साथै, पैसा सम्बन्धी समस्याहरूले तपाईंलाई धेरै जीवनकालको लागि सताउन सक्छ । यस दिन यदि कोही तपाईंको ढोकामा आउँछ भने उसलाई खाली हात जान नदिनुहोस् । अक्षय तृतीयाको दिन आफ्नो परिवार वा अन्य व्यक्तिको लागि अपमानजनक शब्दहरू प्रयोग नगर्नुहोस् । विशेष गरी आमा र शिक्षकको अपमान नगर्नुहोस्।

अक्षय तृतीयाको दिन किन्नुहोस् यी वस्तुहरु
अक्षय तृतीयाको पर्व धन, समृद्धि आदि बढाउने पर्व हो । अक्षय तृतीयाको दिन गरेको दान, जप र तपस्याले मानिसलाई धेरै जन्मसम्म फल दिने विश्वास छ । यस दिन लक्ष्मीको साथमा भगवान विष्णुको पूजा गर्नाले घरमा सुख र सौभाग्य प्राप्त हुन्छ । साथै यस दिन सुन चाँदी खरिद गर्नु शुभ मानिन्छ । सुन किन्दा देवी लक्ष्मी प्रसन्न हुने जनविश्वास छ । यदि तपाई सुन किन्न सक्नुहुन्न भने तपाईले जौ पनि किन्न सक्नुहुन्छ। जौ किनेर लक्ष्मीलाई अर्पण गर्नाले आर्थिक समस्याबाट मुक्ति मिल्छ । साथै लक्ष्मीको कृपा वर्षभर रहन्छ ।

यस दिन तपाईं एक क्रिस्टलको कछुवा, लाफिंग बुद्ध पनि किन्न सक्नुहुन् छ। अक्षय तृतीयाको दिन यी सबै किन्दा मानिसको जीवनमा सुखसमृद्धि आउँछ । यसबाहेक, व्यक्तिको लागि प्रगतिको बाटो पनि खुल्ने विश्वास गरिन्छ ।

#धर्म संस्कृति

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update