Kath khabar
नेप्सेमा २४ अंकको उच्च वृद्धि, पाँच अर्ब २० करोडको शेयर किनबेच


                  काठमाडौं, जेठ ८ । नेप्से उच्च अंकले बढेको छ । नेप्से आज मंगलबार २३ दशमलव ९४ अंकले बढेर २१ सय १५ दशमलव ९४ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ५३ अंकले बढेर तीन सय ७७ दशमलव ६० अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ७३ हजार छ सय ६७ पटकको कारोबारमा एक करोड ३२ लाख ४१ हजार दुई सय १७ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब २० करोड ६२ लाख आठ हजार एक सय ११ रुपैयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये विकास बैंक र व्यापार समूहको सूचक घटेपनि वाणिज्य बैंक, फाइनान्स, जलविद्युत, जीवन बिमा, निर्जीवन बिमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने साइन रेसुंगा डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंकको ऋणपत्र आदिको शेयर मूल्य घटेका छन्। यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीह्रको सुचीमा भने पोखरा फाइनान्स, कालिका पावर लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update