Kath khabar
नेप्सेमा १५ अंकले वृद्धि, कमाउने भन्दा गुमाउने समुह धेरै


               काठमाडौं, जेठ ९ । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पनि  १५ दशमलव ५४ अंकले बढेर २१ सय ३१ दशमलव ४९ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि पाँच दशमलव शून्य छ अंकले बढेर तीन सय ८२ दशमलव ६७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको ७० हजार ५१ पटकको कारोबारमा एक करोड ४४ लाख १९ हजार पाँच सय २१ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब ६८ करोड ७६ लाख ८० हजार नौं सय १२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन र सामूहिक लगानी कोष समुहको सूचक बढेपनि फाइनान्स, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, अन्य र व्यापार समुहको सूचक घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सामुदायिक लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने मानुषी लघुवित्त वित्तीय संस्था, मध्यभोटेकोसी जलविद्युत आयोजना आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, फष्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update