Kath khabar
रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी-२० खेलबाट सन्यासको घोषणा


                       नयाँदिल्ली, असार १६ । रोहित शर्माको भारतीय टोलीले  दक्षिण अफ्रिकालाई हराउँदै टी-२० विश्वकपको उपाधि जितेको छ ।

सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित निकाल्दै शनिबार रातिको खेलमा उपाधि जितेको हो । जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु झार्दै फाइनल खेल भएको खेलमैदानमा नाचेका दृष्य मनमोहक देखिन्थे ।

भारतले पछिल्लो पटक सन् २०११ मा घरेलु मैदानमा महेन्द्र सिंह (एमएस) धोनीको कप्तानीमा विश्वकप जितेको थियो । धोनीले सन् २००७ मा पहिलो संस्करणमा टिमलाई टी-२० विश्वकपको ट्रफी दिलाएका थिए  । स्टार ब्याट्सम्यान विराट कोहलीले ५९ बलमा ७६ रन गर्दै भारतलाई ७ विकेटको क्षतिमा १७६ रनमा समेटेका थिए ।

बेल्जियमबाट दिल्ली भ्रमणमा रहेका ३४ वर्षीय सफ्टवेयर व्यवसायी अभिषेक भगतले एएफपीसँग भने, “यो विश्वबाहिरको अनुभूति हो ।” “मैले सन् २००७ मा बाल्यकालमा यो अनुभव गरेको थिएँ । त्यसपछि सन् २०११ मा र अहिले फेरि सन् २०२४ मा पनि भारतले जितेको छ । यो लामो प्रतिक्षापछिको जीत हो ।”

शनिबारको खेलमा आफ्नो म्यान अफ द म्याच उपाधि जितेका ३५ वर्षीय कोहलीले भाषणमा अन्तर्राष्ट्रिय टी-२० खेलबाट सन्यासको घोषणा गरेका छन् । कप्तान रोहितले पनि कोहलीको घोषणालगत्तै भारतका लागि टी-२० म्याचबाट सन्यास लिने घोषणा गरेका छन् ।

पहिलो पटक विश्वकपको फाइनल खेलेको दक्षिण अफ्रिकालाई अन्तिम पाँच ओभरमा ३० रन चाहिएको अवस्थामा लक्ष्य भेट्टाउन तयार देखिए पनि भारतीय बलरले उपाधिका लागि खेललाई आफ्नो पकडमा राख्न सफल भएका थिए । गुयानामा भएको सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

रोहित सन् २००७ मा टी-२० विश्वकपको पहिलो संस्करणमा भारतका लागि खेलेका थिए भने कोहलीले सन् २०११ मा धोनीको कप्तानीमा एकदिवसीय विश्वकप उपाधि भारतले जितेको थियो ।

त्यसको दुई वर्षपछि धोनीको टिमले ५० ओभरको च्याम्पियन्स ट्रफीको फाइनलमा आयोजक इङ्ग्ल्यान्डलाई हराएको थियो तर प्रशंसकले अर्को ठूलो उपाधिका लागि ११ वर्ष कुर्नुपरेको थियो ।

भारत सन् २०१९ को एकदिवसीय विश्वकप र सन् २०२२ को टी-२० विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो
---

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update