गौरापर्वमा पञ्चदेवल शिवधाम सप्तदेवल मन्दिर प्राङ्गणमा लाखेनाच
                        
                        
                                                
                                            -1722757053.jpeg) 
                                                                    
                        बैतडी, साउन २० । नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बैतडी जिल्लाको नगरपालिका दशरथचन्द नगरपालिका-४ मा गौरा पर्वका दिन मनाईने लाखेनाच मुख्य आकर्षणका रुपमा रहने गरेको छ।
स्थानीय भट्ट र मार्कण्ड जातिका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई पवित्र रुखका विरुवा तथा पातहरुले शरीर ढाकेर हातमा त्रिशुल समातेर लाखेनाच नाच्दै प्राचीन गौरा पर्व मनाइन्छ ।
सदरमुकाम नजिकै देवलहाटस्थित पञ्चदेवलको गौरमा मात्र लाखेनाच नाचिन्छ । लाखेनाचको लागि मन्दिरदेखि एकसय मिटर दुरीमा रहेको सुकनाली कुवामा स्नान गरि शरीरमा तरुलका लहरा, केराको पात र अन्य आयुर्वेदिक विरुवाका लहरा तथा पातहरुको प्रयोग गरिन्छ। लाखेनाच नृत्यमा सहभागी हुनेले कमेरो, रातो माटो र खरानीको टिका लगाउने गर्दछन् ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:३१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                                                 
                                                 
                     
                     
                    