प्रहरीले लिए धिमेबाजा प्रशिक्षण
                        
                        
                                                
                                             
                                                                    काठमाडौं, मंसिर १६ । हाम्रो कला र संस्कृति जगेर्ना गर्ने उद्धेश्यसहित यहि २०८१ असार १ गतेदेखि सुरु भएको धिमेबाजाको प्रशिक्षण कार्यक्रम मंसिर १४ गते समापन भएको छ । 
यो कार्यक्रम महाराजगञ्ज नेपाल प्रहरी सँगीत विद्यालयमा भएको थियो । नेपाल प्रहरी समुदाय साझेदारीसँगको सहकार्यमा  हाम्रो कला र संस्कृति जोगाउनका लागि कार्यक्रम सञ्चालन भएको प्रशिक्षक  सुदनमान मुनीकारले बताउनुभयो । यसे प्रशिक्षणमा १८ जनाले धिमेबाजाको प्रशिक्षण लिए भने ४० जनाले नृत्य सिकेका थिए । यि सबै नेपाली प्रहरीका कर्मचारीहरु रहेको उहाँले बताउनुभयो।
 
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:१२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                                                 
                                                 
                     
                     
                    