सुनको मूल्य आज एकैदिन तोलामा दुई हजारले बढ्यो
                        
                        
                                                
                                             
                                                                    काठमाडौं, पुस १९ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो ।
बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।
 
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:२५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                                                 
                                                 
                     
                     
                    -1761560628.png)