सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन ताेलामा ४ हजार ६ सयले घट्याे

काठमाडौं, वैशाख १८ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि बिहीबार नेपालमा पनि सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज नेपालमा सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रति तोला ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय १५ रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ ११:५९
प्रतिक्रिया दिनुहोस्