Kath Khabar
तोलामा छ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

                    काठमाडौं, वैशाख २१ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला छ सय रुपैयाँले बढेर तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको मूल्य तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update