-1746777705.jpeg)
काठमाडौं, वैशाख २६ । नेवारी समुदायको धिमे बाजा संरक्षण गर्न जुम्लामा एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा पहिलो पटक नेवाः धिमे बाजा, नेपाल भाषा, नेवाः नृत्य, नेवाः खाना परिकार प्रशिक्षण सम्पन्न भएको हो ।
नेवाः देय् दबू, जुम्लाको आयोजनामा जुम्लामा बस्दै आइरहेका नेवार समुदायहरुलाई आफ्नो भाषा, संस्कार संस्कृतिसँग जोड्ने उद्देश्यसहित उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
आफ्नो जातीय पहिचान जोगाउन एक महिने तालिममा सहभागी भएर स्थानीय युवाले बाजा बजाउन सिक्न पाउँदा आफूलाई निकै खुसी महसुस भएको तालिममा सहभागी हुने युवायुवतीहरुले बताए ।
नेवाः ल्यायम्ह दबुका अध्यक्ष सुदन मान मुनिकारद्धारा दिइएको प्रशिक्षणमा ३० जनाले भाग लिएका थिए ।