तोलामा ३७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, वैशाख, २९ । सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलाको १ लाख ९० हजार ५०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार प्रतितोला १ हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय