Kath Khabar
दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

                           काठमाडौं, वैशाख ३० । गत शुक्रबारदेखि लगातार घट्दै आएको सुन आज प्रतितोला दुई हजार रुपैयाँले घटेको छ ।

यसअघि सोमबार एकलाख ८६ हजार आठसय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एकलाख ८४ हजार आठसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update