तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, वैशाख ३१ । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८५ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा दुई हजार रूपैयाँले घटेर प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०८२ १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय