सुनको मूल्य एकैदिन तोलामा तीन हजार रूपैयाँले बढ्यो

काठमाडौं, जेठ २ । आज सुनको मूल्य एकैदिन तोलामा तीन हजार रूपैयाँले बढेको छ । बिहीबार तोलाको तीन हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि तोलामा ३ हजार रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार १ लाख ८१ हजार आठसय रुपैयाँमा कारोेबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार नौ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रति तोला ३५ रूपैयाँले घटेर १ हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय