Kath Khabar
सुनको मूल्य स्थिर

                            काठमाडौं, जेठ ६ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ । सोमबार पनि सुन यहि मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update