एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढ्याे

काठमाडौं, जेठ ७ । आज एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । आज सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय