Kath Khabar
तोलामा सत्र सयले बढ्यो सुनको मूल्य

                              काठमाडौं, जेठ ८ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७ सयले बढेको छ ।

बुधबार १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update