सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं, जेठ ९ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा आज सुन तोलामा रु एक हजार १०० ले घटेको छ । चाँदी पनि तोलामा रु २० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४०० कायम भएको छ भने चाँदी प्रतितोेला रु दुई हजार पाँचमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय