Kath Khabar
सुनको मूल्यमा गिरावट

                       काठमाडौं, जेठ १२ । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । 

आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलाको १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार पाँच रुपैयाँमै कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update