काठमाडौं, जेठ १३ । नेपालका यातायात व्यवसायीहरूले जेठ १९ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरू गर्ने भएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आठवटा यातायात संघ/संगठनले जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाले जनाएको छ ।
७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका उनीहरुले यदि यी मागहरूलाई सम्बोधन नगरिएमा जेठ १८ गते सबै छ प्रदेशमा सवारी साधनमा कालो झण्डा देखाएर यातायात व्यवसायीहरूले विरोध प्रदर्शन गर्ने र त्यसपछि जेठ १९ देखि ग्यारेजमा सवारी साधन थन्क्याएर अनिश्चितकालीन सेवा बन्द गर्ने चेतावनी दिएको छ।