नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालन

चितवन, भदौ २ । मुग्लिन-नारायणगढ सडक एकतर्फी संचालन भएको छ । सोमबार २ः१५ बजे मुग्लिन–नारायणगढ सडक खण्डको जलविरेनजिकै सामान्य पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।
अबको करिब १ घण्टा भित्र डिभिजनको यान्त्रिक उपकरणबाट पहिरो हटाई सवारी आवागमन दुईतर्फि नै संचालनमा आउने सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । यस क्षेत्रमा ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न उनले अनुरोध गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय