नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसोको समय बन्द रहने

काठमाडौं, जेठ २५ । त्रिभुवन राजमार्गस्थित नागढुङ्गा-नौबिसे सडक खण्डमा जारी सडक मर्मतसम्भार र मर्मत कार्यका कारण थप ५ दिनका लागि थप पाँच दिनका लागि दिउँसोको समयमा बन्द गरिने भएको छ ।
नागढुङ्गा-मुग्लिङ सडक परियोजना (पूर्वी खण्ड) ले एक सूचना जारी गर्दै दैनिक साढे चार घण्टा सडक बन्द रहने जनाएको छ । यसअघि २५ गतेसम्मका लागि भनेर बन्द गरिएकोमा निर्माणको काम नसकिएकाले जेठ ३० गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म बन्द रहने छ । दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्वाध रुपमा संचालन हुने सूचनामा उल्लेख गरिएको छ ।
साथै, साना तथा मझौला सवारीसाधनको बैकल्पिक रुटहरू अन्तर्गत सीतापाईला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर) गल्छी सडक हुँदै चल्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय