Kath Khabar
कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा

                        काठमाडौं, जेठ २५ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलामा बेलीब्रिज निर्माणको काम सकिएपछि आज बिहान ११ बजेदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालनमा आएको हो । बगुवा खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भन्दै यही जेठ २१ गतेदेखि सो सडक पूर्ण रुपमा बन्द गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update