Kath Khabar
तोलामा तीन हजारले घट्यो सुनको मूल्य

                            काठमाडौं, जेठ २५ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँमा कायम भएको छ ।  शुक्रबार १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update