Kath Khabar
आईसीसी लिग २ :  नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दै

                    काठमाडौं, जेठ २७ ।  आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दैछ। खेल स्कटल्याण्डको डन्डीको फोर्टहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरू हुनेछ। 

शृङ्खलाका आफ्ना पहिलो दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेदरल्यान्ड्सले भने अहिलेसम्म जित निकाल्न सकेको छैन । नेदरल्यान्ड्सले नेपाल र स्कटल्यान्डसँग खेलेका दुबै खेलमा हार बेहोरेको छ।

नेपालले अन्तिम खेलमा स्कटल्याण्डसँग दुई रनकाे अन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले स्कटल्याण्डलाई एक विकेटले र नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।

 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update