सुनको मूल्य आज एकैदिन चार हजार दुई सयले बढ्यो

काठमाडौं, जेठ ३० । गत मंगलबारदेखि निरन्तर बढिरहेको सुनको मूल्य बिहीबार चार हजार २ सयले वृद्धि भएको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ ।
आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी प्रतितोला १५ रूपैयाँले बढेको छ । चाँदी आज दुई हजार १६५ मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय