Kath Khabar
आज पनि बढ्यो सुनको मूल्य

                    काठमाडौं, असार १ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन तोलामा रु ४०० ले रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  महासङ्घका अनुसार शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

गत जेठ २७ गतेदेखि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update