Kath Khabar
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

                               काठमाडौं, असार ४  । अन्तराष्ट्रिय बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ ।  मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ९०० ले बढेको छ ।

आज सुन प्रतितोला रु एक लाख ९५ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदी तोलामा रु ६५ ले बढेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । याे हालसम्मकै उच्च मूल्य हाे । 
    

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update