Kath Khabar
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

                         काठमाडौं, असार ५ । आज सुनचाँदीको मुल्य घटेको छ । बिहिबार छापावाल सुनको मूल्य ४ सयले घटेर तोलामा रु एक लाख ९५ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९५ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, बुधबार उच्च बिन्दुमा पुगेको चाँदीको मूल्य पनि आज घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको २२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update