Kath Khabar
एकैचोटि एक हजार ७०० ले घट्यो सुनको मूल्य

                            काठमाडौं, असार १० । नेपाली बजारमा आज सुनको मूल्य एकैचोटि एक हजार ७०० ले घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update