कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी आज पुनः आन्दोलनमा
काठमाडौं, असार १३ । सुनचाँदी व्यवसायीहरुले न्युरोड लगायत प्रमुख क्षेत्रहरूमा आफ्ना पसलहरू बन्द गर्दै आज पुनः विरोध प्रदर्शन गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरोधमा सुनचाँदी व्यवसायीहरुले सटर बन्द गरेका हुन् ।
पहिलेका आश्वासनहरूको बाबजुद पनि, विनियोजन विधेयक पारित हुँदा आफ्ना मागहरू सम्बोधन नगरिएको उनीहरूको दाबी छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरुले आन्दोलन शुरु गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय